kumari
stcnepal

एनसीसी बैकको २६ लाख ३४ हजार कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । एनसीसी बैंकले १ असार बाट २६ लाख ३४ हजार १३६ कित्ता संस्थापक शेयर लिलामी बिक्री खुला गरिरहेको छ । यस लिलामी शेयरमा बैंककै संस्थापक शेयरधनी सहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम १४२ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम एक हजार कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा १५ असार सम्म आवेदन दिन मिल्नेछ ।

बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी शेयरको शिलबन्दी १६ असार बिहान ११ बजे सनराइज क्यापिटल कमलपोखरी काठमाडौंमा खोलिनेछ ।

 

footer