kumari
stcnepal

गायिका दिलमाया मृत अबस्थामा भेटिइन, एक जना पक्राउ

काठमाडौं ।दोहोरी गायिका दिलमाया सुनार काठमाडौं स्थित डेरामा मृत भेटिएकी छन् । प्रहरी वृत्त बालाजुका अनुसार शनिबार पौने ११ बजे उनी कोठामै मृत अवस्थामा भेटिएकी हुन् ।सुर्खेत घर भएकी उनी काठमाडौंको नेपालटारमा डेरामा बस्दै आएकी थिइन् । शुक्रबार राति आफूलाई बाँच्न मुश्किल भएको भन्दै उनले फेसबुकमा स्टाटस पनि लेखेकी थिइन् ।

प्रहरीले घटना बारे अनुसन्धान भइरहेको जनाएको छ । उनको मृत्युको घटना अनुसन्धानका क्रममा प्रहरीले सूर्य श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार शूर्य शनिबार बिहानै मृतक सुनारको कोठामा पुगेको खुलेको छ ।

३० वर्षीया गायिका दिलमायाले चर्चित ख्याति प्राप्त लोक दोहोरी गायक राजु परियार सँग मिलेर केही चर्चित गीत गाएकी छन् भने उनी लाइभ दोहोरी गीतका कारण पनि थिइन् ।

केही महिना अघि सम्पन्न राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा उनी उत्कृष्ट घोषित भएकी थिइन् । दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले उनको निधनमा शोक व्यक्त गर्दै दिलमायाको निधनले आफू स्तब्ध भएको बताएका छन् ।

 

 

footer