kumari
stcnepal

प्रभु बैकका एक संस्थापकले ५० हजार कित्ता शेयर बिक्री गर्दै

काठमाडौं ।प्रभु बैंकका एक जना संस्थापक शेयरधनीले संस्थापक शेयर बिक्री गर्ने भएका छन् । संस्थापक शेयरधनी पूर्णमान शाक्यले आफ्नो नाममा रहेको ५० हजार कित्ता शेयर बिक्रीमा ल्याएका हुन् ।

बैंकको बिक्री गर्ने मूल्य र शेयर संख्या भने खुलाइएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इन्छुक संस्थापकले १७ असार बाट ३५ दिन भित्र प्रभु बैंकको प्रधान कार्यालय बबरमहल काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापक बाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

 

 

footer