kumari
stcnepal

मोरङको रंगेलीमा पानी जमेको खाल्डोमा युवतीको शव फेला

विराटनगर ।पानी जमेको खाल्डोमा युवतीको शव फेला परेको छ । मोरङको रतुवामाई नगरपालिका-२ डोरियामा पानी जमेको खाल्डो भित्र सोमबार बिहान युवतीको शव फेला परेको हो ।

अन्दाजी २५ वर्षीया युवतीको पहिचान भएको छैन । सोमबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मृतकको पहिचानको प्रयास गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको बताए ।

शवलाई पोस्टमार्टमका लागि रङ्गेली अस्पताल ल्याएको प्रहरीले बताएको छ ।

 

 

footer