kumari
stcnepal

काठमाडौं उपत्यकामा अहिले सम्म २५ जनामा हैजा पुष्टी

काठमाडौं ।अहिलेसम्म २७ जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। शनिबार दिएको जानकारी अनुसार २७ जनामा हैजा पुष्टि भएको हो।

जस मध्ये १० जनाको केस स्टूल कल्चर गरी, १२ केस आरडिटी र पाँच जनाको केस ह्याङिङ ड्रप गरी पुष्टि भएको हो। सुरूमा असार २ गते हैजा देखिएको थियो। काठमाडौंको बागबजार बस्ने एकै परिवारका दुई जनामा पुष्टि भएको थियो। त्यसको भोलिपल्टै ललितपुरको सानेपामा पनि देखिएको थियो।

असार ५ गते फेरि डिल्लीबजारमा चौथो केस देखिएको थियो। असार ६ गते बुढानिलकण्ठ-१० कपनका एक जनामा र असार ७ गते काठमाडौं-१६ बोराटारमा पनि हैजा देखिएको थियो।अहिले तीन जना अस्पतालमा उपचाररत छन्। दुई जना भने पाँच वर्ष मुनिका बालबालिकामा हैजा देखिएको हो।

 

footer