kumari
stcnepal

आज थप २०५ जनामा कोरोना संक्रमण

काठमाडौं ।पछिल्लो २४ घण्टामा २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ९० परीक्षणमा २०५ जनामा संक्रमण पुष्टि भएको हो ।

एक हजार १९९ पीसीआर परीक्षणमा १५२ जना र एक हजार ८९१ एन्टिजेन परीक्षणमा ५३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५१ रहेको छ । शनिबार सम्म नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १३८५ पुगेको छ ।

 

 

footer