kumari
stcnepal

दिन प्रतिदिन कोरोनाका संक्रमित बढदै, आज थपिए ४५७ जना संक्रमित, १ जनाको निधन

काठमाडौं ।पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६५१ जनाको परीक्षण गरेकोमा ४५७ जनामा संक्रमण भएको हो । यो पछिल्लो ५ महिनायताकै उच्च संक्रमण हो ।

जस मध्‍ये १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जना र १ हजार ३८६ जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । यो सँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ७७६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् ।

थप एक जनाको निधन सँगै कोरोना बाट ज्यान गुमाउने ११ हजार ९५४ जना पुगेका छन् ।

 

footer