kumari
stcnepal

श्रीलंकाको प्रधानमन्त्री बने दिनेश गुणावर्धने

काठमाडौँ – श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणावर्धने नियुक्त भएका छन्। उनले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

६ पटक सम्म प्रधानमन्त्री बनेका रनिल विक्रमसिंघे राष्ट्रपति बनेपछि गुणावर्धने प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। ७३ वर्षीय गुणावर्धने यसअघि विदेशमन्त्री, शिक्षामन्त्री र गृहमन्त्री बनेका थिए। गत अप्रिलमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले गुणावर्धनेलाई गृहमन्त्रीमा नियुक्त गरेका थिए।

 

 

footer