kumari
stcnepal

नेपाल र भारत बिचको उत्कृष्ट मित्रता र महान सम्बन्ध छिट्टै नयाँ उचाइमा पुग्नेमा म पनि विश्वस्त छु : नवनिर्वाचित राष्ट्रपति मुर्मू

काठमाडौं ।भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूले नेपाल र भारतको सम्बन्ध नयाँ उचाइमा पुग्नेमा आफू विश्वस्त रहेको बताएकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवाले ट्वीटर मार्फत दिएको बधाई सन्देशको प्रतिउत्तरमा उनले लेखेकी छिन्, ‘नेपाल र भारत बिचको उत्कृष्ट मित्रता र महान सम्बन्ध छिट्टै नयाँ उचाइमा पुग्नेमा म पनि विश्वस्त छु ।’

प्रधानमन्त्री देउवाले उनलाई बधाई दिँदै नेपाल र भारतको द्विपक्षीय सम्बन्ध आगामी दिनमा नयाँ उचाइमा पुग्नेमा आफू विश्वस्त रहेको बताएका थिए । यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले पनि मुर्मूलाई बधाई दिएकी छिन् । उनले ट्वीटरमा लेखेकी छिन्, ‘मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा महामहिम द्रौपदी मुर्मूज्यूलाई म हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्न चाहन्छु । यहाँको कार्यकालमा हाम्रा दुई देश बिचको सहकार्यले नयाँ उचाई प्राप्त गर्नेमा म पूर्ण विश्‍वास व्यक्त गर्दछु ।’

भारतको सत्तारुढ गठबन्धन बाट राष्ट्रपति चुनिएकी मुर्मूले विपक्षी गठबन्धनको समर्थन पाएका यसवन्त सिन्हालाई पराजित गरेकी थिइन् । उनले आइतबार देखि कार्यभार सम्हाल्ने छिन् । राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल आइतबार नै सकिँदै छ ।

 

 

footer