kumari
stcnepal

कोरोना संक्रमितको संख्या बढदै, आज थपिए ३४७ संक्रमित २ जनाको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३४७ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

तीन हजार ८८८ वटा नमुना परीक्षण गर्दा ३४७ जनामा संक्रमण पुष्टि भएको हो । आज संक्रमणका कारण दुई जनाको निधन भएको छ । यो सँगै संक्रमणका कारण निधन हुनेको संख्या ११ हजार ९५६ पुगेको छ । त्यस्तै आज ९५ जना संक्रमणमुक्त भएका छन् ।

यो सँगै देशभर सक्रिय संक्रमितको संख्या तीन हजार १७७ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

footer