kumari
stcnepal

सीसीटीभी फुटेज सहितको विवरणबारे संसदीय समितिले फरेन्सिक विज्ञसँग परामर्श गर्ने

काठमाडौं ।बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको भनिएको विषयमा छानबिन गर्दै आएको संसदीय विशेष समितिले प्रहरी बाट प्राप्त सीसीटीभी फुटेज सहितको विवरणबारे फरेन्सिक विज्ञहरु सँग परामर्श गर्ने भएको छ ।

आजको बैठकमा समिति सदस्यहरुले प्रहरी बाट प्राप्त अर्थ मन्त्रालयको सीसीटीभी फुटेज हरेका थिए । त्यसपछि बैठक आजै अपराह्न चार बजे बस्ने गरी स्थगित गरिएको छ ।बैठकपछि समितिका सचिव सुरेन्द्र अर्यालले फरेन्सिक ल्याब सँग सम्बन्धित विज्ञहरु सँग परामर्श गर्ने जानकारी दिए ।

 

 

footer