kumari
stcnepal

साफ यू-२० च्याम्पियनसिपमा नेपालले आज श्रीलंका सँग खेल्दै

काठमाडौं ।भारतको भुवनेश्वरमा भइरहेको साफ यू-२० च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेलमा आज श्रीलंका सँग खेल्दैछ । नेपाल र श्रीलंका बीचको खेल भुवनेश्वर स्थित कालिंगा स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ ।

पहिलो खेलमा माल्दिभ्स माथि ४-० को जित निकालेको नेपाल लगातार दोस्रो जितको खोजीमा छ । श्रीलंकालाई हराएर फाइनल यात्रा सहज बनाउने नेपालको लक्ष्य छ । श्रीलंका भने पहिलो खेलमा बंगलादेश सँग १-० ले पराजित भएको थियो । श्रीलंका पहिलो जितको खोजीमा छ ।

नेपालका मुख्य प्रशिक्षक मेघराज केसीले श्रीलंका विरुद्धको खेलमा अझ राम्रो प्रदर्शन गर्ने गरी तयारी गरेको बताए । ‘हामी पाँचै खेलको लागि तयारी गरेर आएका छौं । श्रीलंकाको पहिलो खेल हेरेर हामीले त्यही अनुसार यहाँ पनि तयारी गरेका छौं,’ मगलबार प्रशिक्षणपछि केसीले भने, ‘पहिलो खेल जितेपछि खेलाडीमा आत्मविश्वास बढेको छ ।’

पाँच टिम सहभागी च्याम्पियनसिपमा सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछ र शीर्ष दुई टिमले फाइनल खेल्ने छन् । आजै आयोजक भारत र बंगलादेश बीचको खेल ४ बजे हुनेछ । भारतको यो पहिलो खेल हुनेछ । पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १-० ले हराएको थियो ।

 

 

footer