काठमाडौं ।पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोनाको संक्रमण देखिएको छ भने दुई जनाको निधन भएको छ ।
५ हजार २५ जनामा गरिएको नमुना परीक्षणमा आरटी पिसिआर विधि बाट ५२४ र एन्टिजेन विधिबाट १८६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस सँगै सक्रिय संक्रमितको संख्या ४,२३६ पुगेको छ । यस्तै २१५ जना डिस्चार्ज समेत भएका छन् ।