kumari
stcnepal

एक दिनमै राहदानी विभागमै पासपोर्ट बनाइदिन्छु भन्दै रकम असुली गरेको अभियोगमा चार पक्राउ

काठमाडौं ।काठमाडौंमा राहदानी बनाउन राहदानी विभाग पुगेका व्यक्ति बाट एक दिनमै काम हुन्छ भन्दै रकम असुली गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका रामबहादुर बोगटी, धनकुटाका श्यामकुमार राई, सिन्धुपाल्चोकका राम पौडेल र काठमाडौंका विवेक गुरुङ छन् ।

उनीहरुलाई प्रहरी वृत्त कालिमाटीको टोलीले पक्राउ गरेको डीएसपी अनिल घिमिरेले बताए । उनका अनुसार पक्राउ परेका मध्ये गुरुङको चाबहिलमा रोज बर्ड नामक फोटो स्टुडियो पनि छ ।

उनीहरुले विभिन्न व्यक्तिका नाममा आवेदन भरेको ३२ वटा अनलाइन फारम पनि प्रहरीले बरामद गरेको छ । पक्राउ परेकाहरु माथि लिखत सम्बन्धी कसूरमा अनुसन्धानका लागि चार दिन म्याद लिइएको घिमिरेले बताए ।

footer