kumari
stcnepal

अमेरिकामा ‘लेक्सिनटन दोहोरी’

 

काठमाडौ । नेपाली कला संस्कृति संसारभर फैलने क्रमसंगै युवा निर्देशक सुमन दाहालको सक्रियतामा अमेरिकाको केन्टकी राज्यको लेक्सिनटन शहरमा लोकदोहरी सांगीतिक कार्यक्रम ‘लेक्सिनटन दोहोरी’ सुरू भएको छ । यो कार्यक्रममा विष्णु डुम्रेको नेतृत्वमा हिम कुँवर, सन्दीप अर्याल, सीताराम अधिकारी, कुष्माखर भट्टराई, श्याम पराजुली, कृष्ण पराजुली , र गायिकातर्फ सम्झना अधिकारी, सिर्जना मरासिनी, नर्वदा खरेल छन् ।

त्यस्तै गायिकातर्फ रूपा अर्याल, मञ्जु थापा, कल्पना अधिकारी, बबिता अधिकारी पराजुली, तुलसा सुवेदी, सरस्वती पाण्डे, शर्मिला सुवेदी, आरती थापा छन् । कार्यक्रमममा वाद्यवादनमा मादलमा गणेश खड्का, हार्मोनियममा सनातन रेग्मी, गिटारमा कृष्ण राना, तबेलामा उद्धवराज उप्रेती छन् । कार्यक्रममा एनआरएनएका अमेरिका केन्टकी च्याप्ट अध्यक्ष केशवराज लोहनी, स्थानीय नेपाली संस्था फोनाका पूर्व अध्यक्ष रामप्रसाद खनाल र कवी, डमरू पौडेललगायतको उपस्थिति थियो ।

footer