kumari
stcnepal

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त

काठमाडौं ।भारतीय राष्ट्रिय टिमका पूर्व अलराउण्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । प्रभाकरले भारतका लागि ३९ टेष्ट म्याच खेलेका छन् भने १३० एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

नेपाल क्रिकेट संघ क्यानले सोमबार विज्ञप्ती जारी गर्दै प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ । प्रभाकरलाई एक वर्षका लागि अनुबन्ध गरिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । उनले केही दिन भित्रै प्रशिक्षक नेपाल आउने र प्रशिक्षण सुरु गरिने पनि बताए । स्कटल्याण्डमा आईसीसी क्रिकेट विश्वकप लिग टु खेलेर फर्के लगत्तै पुबुदु दासानायकेले पद बाट राजीनामा दिएपछि नेपाल प्रशिक्षकविहीन थियो ।

प्रभाकरले प्रशिक्षकको रुपमा अफगानिस्तान क्रिकेट टिमको प्रशिक्षक रहेर काम गरिसकेका छन् । यस्तै रणजी ट्रफीमा दिल्ली, राजस्थान र युपी क्रिकेट यसोसिएसनको प्रशिक्षक रहिसकेका छन् । प्रशिक्षक नियुक्त भएपछि प्रभाकरले प्रतिक्रिया दिँदै नेपाली क्रिकेटमा काम गर्न उत्सुक रहेको बताएका छन् । ‘नेपालको क्रिकेट प्रतिको चासो, उनीहरूको प्रतिभा र सीपको स्तरलाई हेरेर, म नेपाली क्रिकेट टोलीलाई बलियो बनाउनको लागि काम गर्न साँच्चै उत्सुक छु’, उनले भने ।

 

 

footer