kumari
stcnepal

आज थपिए १ हजार ९० जना कोरोनाका संक्रमित, २ को निधन

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ६ हजार ३०० जनामा भएको परीक्षणमा १ हजार ९० जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २ जनाले ज्यान समेत गुमाएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन विधि बाट ३३४२ जनामा परीक्षण हुँदा ५३० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पीसीआर विधि बाट २९५८ जनामा परीक्षण हुँदा ५६० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४३८ जना कोरोना संक्रमित निको भएका छन् । हाल देशभर सक्रिय संक्रमत ५ हजार ८०६ जना रहेका छन् ।

footer