kumari
stcnepal

५० जिल्लाका बालबालिकालाई भाद्र ५ गते देखी कोरोना बिरूद्धको खोप लगाइने

काठमाडौं। सरकारले भदौ ५ गते देखि दोस्रो चरण अन्तर्गत बाँकी रहेका ५० जिल्लाका बालबालिकालाई लक्षित गरेर खोप अभियान सुरु गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५० जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकालाई लक्षित गरेर खोप अभियान सुरु हुने भएको हो । मन्त्रालयले भदौ ५ देखि ११ गते सम्म पहिलो र भदौ २७ देखि असोज १ गते सम्म दोस्रो मात्र खोप दिने जनाएको छ ।

प्रदेश १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुङ्गा, पाँचथर, शंखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेहथुम र उदयपुरमा खोप सञ्चालन हुने छ । मधेश प्रदेशका बारा रौतहट, सर्लाही गरी तीन जिल्ला र बाग्मती प्रदेशका रामेछाप, दोलाख, धादिङ, नुवाकोट, रसुवा सिन्धुपाल्चोक गरी ६ जिल्लामा खोप अभियान सञ्चालन हुने छ । गण्डकी प्रदेशका बाग्लुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा र तनहुँमा खोप अभियान सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।

लुम्बिनी प्रदेशमा कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा, पूर्वी रुकुम छन् भने कर्णली प्रदेशमा पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख र जाजरकोटमा खोप लगाइने छ । सुदूरपश्चिम प्रदेशमा अछाम, डोटी, बाजुरा, बैतडी र दार्चुला जिल्लामा खोप अभियान सञ्चालन हुनेछ । बच्चालाई दिइने फाइजरको खोप सुरक्षित भएकाले ढुक्क सँग आफ्नो बच्चालाई खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ ।

footer