kumari
stcnepal

इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको फराकिलो जीत

काठमाडौं ।इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले फराकिलो जीत निकालेको छ । शनिवार भएको खेलमा सिटीले बर्नेमाउथलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन इल्के गुन्डोगान, केभिन डी ब्रुएन र फिल फोडेनले एक एक गोल गरे । बर्नेमाउथका जेफर्सन लेर्माले आत्मघाती गोल गरे । यस जीत सँगै सिटीले नयाँ सिजनमा लगातार दोस्रो जीत निकालेको छ । सिटी २ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ ।

यस्तै, अन्य खेलमा साउथह्याम्पटन र लिड्स युनाईटेडले २-२, ब्राइटन र न्युकासल तथा उल्भ्स र फुलहमले गोल रहित बराबरी खेले ।

footer