kumari
stcnepal

नेपाली ब्याट्सम्यानहरुमा टेक्निकको अभाव छ : मुख्य प्रशिक्षक प्रभाकर

काठमाडौं ।नेपाली क्रिकट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले नेपाली ब्याट्सम्यानहरुमा टेक्निकको अभाव देखेको बताएका छन् । यसमा सुधार गर्ने आफू सँग योजना रहेको, तर यसका लागि समय चाहिने उनले बताए ।

नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका प्रभाकर शनिबार मात्र नेपाल आएका हुन् । नेपाल आएको भोलिपल्ट सञ्चारकर्मीहरु सँग कुरा गर्दै प्रभाकरले भने, ‘केएल राहुलले सही टेक्निकका साथ खेलेको र १०० रन बनाएको मैले देखेको छु । विराट कोहलीले टेक्निक प्रयोग गर्छन् र शतक बनाउँछन् । ट्वाटी–२० मा पावर गेम खेल्नु पर्दैन ।’

उनले अघि भने, ‘यदि टेक्निक छ भने जुन सुकै फर्म्याटमा जुन सुकै बेला रन बनाउन सकिन्छ । अहिले नेपाली ब्याट्सम्यानहरुमा त्यही अभाव देखेको छु ।’

footer