kumari
stcnepal

रियल मड्रिडको विजयी सुरुवात

काठमाडौं ।साविक विजेता रियल म्यड्रिडले ला लिगा २०२२/२३ सिजनमा विजयी सुरुवात गरेको छ ।आइतबार राति भएको खेलमा रियलले अल्मेरिया बिरुद्ध पुनरागमन सहित २-१ को जित निकाल्यो ।

१-० ले पछि परेको रियललाई जित दिलाउन लुकास भास्क्वेज र डेभिड अलाबाले एक-एक गोल गरे । अल्मेरियाका लार्जी रामाजानीले सुरुवाती अग्रता बनाए पनि जोगाउन सकेन ।

जित सँगै लगातार उपाधि जित्ने योजनामा रहेको साविक विजेता रियलले महत्त्वपूर्ण तीन अंक जोड्यो । गय राति भएको खेलमा क्याटलान क्लब बार्सिलोना भने बराबरीमा रोकिएको थियो

footer