kumari
stcnepal

फिफाले प्रतिबन्ध लगाए सँगै भारतले साफ महिला च्याम्पियनसिप खेल्न नपाउने

काठमाडौं ।विश्व फुटबल महासंघ फिफाले प्रतिबन्ध लगाए सँगै छैटाैं संस्करणकाे साफ महिला च्याम्पियनसिप फुटबलमा साविक विजेता भारत नहुने भएकाे छ । महिला साफ भदाै २९ देखि असाेज ३ सम्म काठमाडौंमा हुँदैछ । फिफाले दुई महिना अघि पाकिस्तान माथिकाे प्रतिबन्ध फुकुवा गरे सँगै लामाे समयपछि साफका सातै टिमकाे सहभागितामा प्रतियाेगिता हुन लागेकाे थियाे ।

सन् २०१० देखि सुरु भएकाे महिला क्षेत्रीय प्रतियोगिता अहिलेसम्म भारत बाहेक अन्य देशले जित्न सकेका छैनन् । पाँच मध्ये चार पल्ट फाइनलमा उसले नेपाललाई पराजित गरेकाे थियाे ।२०७५ चैतमा विराटनगरमा साफ महिला च्याम्पियनसिपकाे पाँचाै संस्करण फाइनलमा भारतले नेपाललाई ३-१ गाेलले हराउँदै उपाधि जितेकाे थियाे ।

अल इन्डिया फुटबल फेडेरेसनमा राजनीतिक हस्तक्षेप भएपछि फिफाले प्रतिबन्ध लगाएको हाे ‌। याे सँगै भारतले आगामी अक्टाेबरमा आयाेजना गर्न लागेकाे यू-१७ महिला विश्वकप फुटबल पनि अर्काे देशमा सारिने निश्चित भएको छ ।

footer