kumari
stcnepal

काभ्रेको धुलिखेलमा शंकास्पद बस्तु फेला, सेनाले गर्यो डिस्पोज

काठमाडाैँ – काभ्रेकाे ‍‍‍‍‍‍‍‍‍‍‍‍‍धुलिखेलमा मंगलबार शंकास्पद वस्तु फेला परेकाे छ। बिहान करिब साढे ६ बजेतिर धुलिखेल नगरपालिका-९ रानाछामा भेटिएकाे शंकास्पद वस्तु (प्रेसर कुकर) भेटिएकाे हाे।

शंकास्पद वस्तुलाई नेपाली सेनाकाे टाेलीले डिस्पाेज गरेकाे छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी चक्रराज जाेशीका अनुसार साे शंकास्पद वस्तुलाई बम भनी त्रास उत्पन्न भएका कारण नेपाली सेनाकाे टाेलीकाे सक्रियतामा त्यसलाई छानविन गरी डिस्पाेज गरिएकाे हाे।

आज विप्लव नेतृत्वकाे नेकपाले देशभर बन्दकाे आह्वान गरेकाे छ। बन्दका कारण देशका विभिन्न स्थानकाे जनजीवन प्रभावित बनेकाे छ।

footer