kumari
stcnepal

भारतको युएईमा जारी एसिया कप क्रिकेटमा विजयी सुरुआत

काठमाडौं ।भारतले युएईमा जारी एसिया कप क्रिकेटमा विजयी सुरुआत गरेको छ । साबिक विजेता भारतले आइतबार राति भएको रोमाञ्चक खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

दुबईमा पाकिस्तानले दिएको १४८ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । भारतको जितमा रवीन्द्र जडेजा र विराट कोहलीले समान ३५/३५ रनको योगदान गरे ।

यस्तै हार्दिक पाण्डयले अविजित ३३ रन बनाए । यता पाकिस्तानका लागि मोहमद नवाजले ३ तथा शाहानवाज दाहानीले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर ५ बलमा अलआउट हुँदै १४७ रन बनाएको थियो ।

footer