kumari
stcnepal

नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला ३–२ ले जित्यो

काठमाडौं ।पाँचौ तथा निर्णायक खेलमा केन्यालाई ३१ रनले पराजित गरी नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला ३–२ ले जितेको छ ।

१७६ रनको लक्ष्य पछ्याएको केन्याले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो । उसका लागि नेहेमी ओढियाम्बोले २२ बलमा ३७ तथा कप्तान शेम गोचेले १८ बलमा ३३ रन जोडे पनि खेल जिताउन सकेनन् ।

बलिङमा सन्दीप लामिछाने र वरिस अहमदले २–२ तथा करण केसी, आदिल आलम र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए । यसअघि नैरोबी स्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर १७५ रन बनाएको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे । झण्डै तीन वर्षपछि टी-२०आईमा अर्धशतक प्रहार गरेका ज्ञानेन्द्रले ५९ रन बनाए । यस्तै रोहित पौडेलले ४७ रन जोडे । अर्जुन साउदले २९ र दीपेन्द्र सिंह ऐरीले २२ रन बनाए ।

footer