kumari
stcnepal

डेंगुको संक्रमण बाट कैलालीमा युवतीको निधन

काठमाडौं ।डेंगुको संक्रमण बाट कैलालीमा एक युवतीको निधन भएको छ । उपचारका क्रममा ३५ वर्षीया महिलाको निधन भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिए ।

उनका अनुसार धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया महिलाको निसर्ग अस्पतालमा गत मंगलबार उपचारका क्रममा निधन भएको हो । ‘अस्पतालले डेंगु भएको पुष्टि गरेको छ । त्यसको साथै छातीमा समस्या भएको चिकित्सकले जनाएका छन्,’ धामीले भने ।

स्वास्थ्य कार्यालय कैलालीले टेलिफोन मार्फत डेंगु बाट निधन भएको जानकारी दिए पनि औपचारिक रूपमा विवरण आइनसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रणको महाशाखाका एक उच्च अधिकारीले बताए ।

footer