kumari
stcnepal

आज थपिए २०६ जना कोरोनिका संक्रमित, ३ जनाको निधन

काठमाडौं ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमण बाट ३ जनाको निधन भएको छ भने २०६ जनामा संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार २ हजार ८६९ जनाको परीक्षणमा २०६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५९५जनाको पीसीआर परीक्षण गर्दा १३४ जना र १ हजार २७४ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । यस्तै शुक्रबार कोरोना संक्रिय संक्रमितको संख्या २ हजार ८९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३९८ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये २ हजार ७३५जना होम आइसोलेसनमा रहेका छन् भने १५६ जना संस्थागत आइसोलेसन र ४१ जना आईसीयूमा छन् । यस्तै ६ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । शुक्रबार थपिए सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४८ हजार ४४३ पुगेको छ ।

footer