kumari
stcnepal

नेपालको केन्या माथि ७ विकेटको सानदार जित

काठमाडौं ।ओपनर आशिफ शेखको शतक र अर्जुन साउद बलियो साझेदारीको बलमा नेपालले पहिलो एकदिवसीयमा केन्या माथि ७ विकेटको सानदार जित पारेको छ ।

२१९ रनको लक्ष्य नेपालले ३ विकेट क्षतिमा ४७.३ ओभरमा भेट्टायो । ओपनरद्व आशिफ र अर्जुनले पहिलो विकेटका लागि १४१ रनको साझेदारी गरी नेपालको जित आधार तय गरेका थिए । एकदिवसीय क्रिकेटमा नेपालको यो अहिले सम्मकै उच्च साझेदारी हो । यसअघि गत चैतमा पपुवा न्युगिनी विरुद्ध देव खनाल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि १२९ रनको साझेदारी गरेका थिए ।

यद्यपि केन्याको एकदिवसीय मान्यता नभएका कारण यो खेलको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता हुँदैन । नेपालका लागि सिनियर टिम बाट पहिलो एकदिवसीय खेल खेलेका अर्जुनले ९७ बलमा ५ चौका र १ छक्का सहित ६१ रनको अर्धशतकीय पारी खेले ।

आशिफले दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्लसँग मिलेर थप ५७ रनको साझेदारी गरे । ४३.५ ओभरमा केन्याका डेब्युटेन्ट विशाल पटेलको बलमा बोल्ड हुनुअघि आशिफले १२० बलमा १२ चौका र २ छक्का सहित ११० रनको लामो पारी खेले ।

footer