kumari
stcnepal

एसिया कप क्रिकेटमा भारत पाकिस्तान सँग ५ विकेटले पराजित

काठमाडौं ।एसिया कप क्रिकेटमा भारत पाकिस्तान सँग ५ विकेटले पराजित भएको छ । आइतबार राति भएको खेलमा भारत पाकिस्तान सँग ५ विकेटले पराजित भएको हो । दुबई अन्तर्राष्ट्रिय मैदानमा भारतले दिएको १८२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभर ५ बलमा ५ विकेट गुमाउँदै १८२ रन बनायो । पाकिस्तानका लगि मोहम्द रिजवानले ७१ रनको अर्धशतकीय पारी खेले ।

५१ बल खेलेका उनले ६ चौका र २ छक्का लिए । त्यस्तै मोहम्द नवाजले ४२ रन बनाउँदा आसिफ अलीले १६ रन बनाए । भारतका लागि भुवनेश्वर कुमार, अर्सदीप सिंह, रवी विश्नोइ, हार्दीक पाड्या र युजभेन्द्र चहालले समान एक–एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८१ रन बनाएको थियो । भारतका लागि कोहलीले ६० रनको अर्धशतकिय पारी खेले । ४४ बल खेलेका उनले ४ चौका १ छक्का प्रहार गरे । त्यस्तै केएल राहुल र रोहित शर्माले २८–२८ रनको योगदान गरे ।

पाकिस्तानका लागि सहाब खानले दुई विकेट लिए । आजको खेलमा पाकिस्तानले जित निकाल्दै सुपर चारमा आफूलाई बलियो बनाएको छ । यता भारतले सुपर चारमा पहिलो हारसँगै सुरुवात गरेको छ ।एजेन्सी

footer