kumari
stcnepal

आज थपिए ३०० जना कोरोनाका संक्रमित

काठमाडौं ।नेपालमा थप ३ सय जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ५९० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधि बाट १७७ तथा एन्टिजेन विधि बाट १२३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप १२४ जना सङ्क्रमणमुक्त पनि भएका छन् । यो सँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ४५७ पुगेको छ । त्यस्तै थप ३ लाख ५९ हजार ६५ जनाले कोरोना विरुद्धको खोप पनि लगाएका छन् ।

footer