kumari
stcnepal

भारतलाई हरायो श्रीलंकाले

काठमाडौं ।टी-२० एसिया कप सुपर फोरमा श्रीलंकाले भारतलाई पराजित गरेको छ । यूएईमा मंगलबार राति भएको खेलमा श्रीलंकाले भारतलाई ६ विकेटको रोमाञ्चक जित निकालेको हो ।

लगातार दुई जित सँगै श्रीलंका फाइनल नजिक पुगेको छ ।सुपर फोरमा यसअघि श्रीलंकाले अफगानिस्तानलाई पराजित गरेको थियो । भारतलाई भने यो हारले फाइनल यात्रा कठिन बनेको छ । श्रीलंकालाई जितका लागि भारतले १७४ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य श्रीलंकाले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो ।

श्रीलंकाको जितका लागि कुशल मेन्डिसले ५७ र पाथुम निसंका ५२ रनको अर्धसतकीय पारि खेलेका थिए । यस्तै, दासुन शनका ३३, भानुका राजपक्ष २५ रनको योगदान गरे । बलिङ तर्फ भारतका युजभेन्द्र चहलले ३ विकेट र रविचन्द्रन आश्विनले एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको भारतले ८ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । कप्तान रोहित शर्माले ७२ र सूर्यकुमार यादव ३४ रन बनाए । अन्य खेलाडीको ब्याट भने खासै चल्न सकेन ।श्रीलंकाका दिलशान मदुशनकाले ३, चामिका करुणारत्ने र दासुन शनकाले २/२ विकेट लिए । महेश थिक्सनाले १ विकेट लिए।

footer