kumari
stcnepal

आज थपिए २२७ जना कोरोना संक्रमित, एकको निधन

काठमाडौं ।नेपालमा थप २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको एक हजार ५१८ पीसीआर परीक्षणका क्रममा १३७ जना र दुई हजार ८८३ एन्टिजेन परीक्षणका क्रममा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप एक जनाको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, थप १६८ संक्रमित निको भएका छन् । हाल नेपालमा दुई हजार ४७३ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

footer