kumari
stcnepal

आज थपिए १ सय ६३ जना कोरोनाका संक्रमित

देशभर थप १ सय ६३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ७४६ नमुना परीक्षण गर्दा पीसीआर विधि बाट ११२ तथा एन्टिजेन विधि बाट ५१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३० जना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ४३० पुगेको छ । यही अवधिमा थप सङ्क्रमितको निधन भने भएको छैन । यता, दुई दिनमा ४ लाख ८० हजार ८१८ जनाले कोरोना विरुद्धको खोप पनि लगाएका छन् ।

footer