kumari
stcnepal

बर्षाको कारण आजका खेल रद्ध

काठमाडौं ।नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटतर्फ शनिबार तय गरिएका तीन वटै खेल वर्षाका कारण प्रभावित भएको छ । वर्षाका कारण मैदान भिजेपछि तीनै खेल रद्द गरिएको हो ।

कीर्तिपुर स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबारका लागि तय प्रदेश–१ र एपीएफ बीचको खेल रद्द गरिएको हो । गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लब बीचको खेल पनि रद्द गरियो । यस्तै, मूलपानी क्रिकेट मैदानमा हुने भनिएको मधेस प्रदेश र लुम्बिनी प्रदेश बीचको खेल समेत रद्द गरिएको छ । खेल रद्द भएपछि १–१ अंक बाँडिएको छ ।

नवौँ राष्ट्रिय खेलकुद आउँदो असोज २८ देखि कात्तिक ३ गते सम्म गण्डकी प्रदेशमा आयोजना हुनेछ । पुरुष क्रिकेटका खेलहरू भने अगाडि नै खेलाइएको हो । तर, वर्षाले व्यवधान गरेको छ । पुरुष क्रिकेट तर्फ तीन विभागिय, सात प्रदेश र एनआरएनको गरी ११ टोलीको सहभागिता छ । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

footer