kumari
stcnepal

अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षकको जिम्मेवारी छाडेको घोषणा

काठमाडौं ।नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जिम्मेवारी छाडेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत नेपाली राष्ट्रिय टिमकाे प्रमुख प्रशिक्षक बाट अलग्गिएकाे घाेषणा गरेका हुन् ।

गत कात्तिकमा उनले नेपालमा ३ वर्षसम्म काम गर्ने गरी अखिल नेपाल फुटबल संघ एन्फा सँग सम्झौता गरेका थिए । तर १० जना खेलाडीलाई प्रशिक्षण छाड्न बाध्य बनाएपछि उनी आलोचनामा परेका थिए ।

विवादकै बीच एसिया कप छनौट खेल्न नेपाली टिम सँगै कुवेत गएका उनी महिना देखि उतै बसेका थिए ।

footer