kumari
stcnepal

आज थप ११९ जनामा कोरोना संक्रमण

काठमाडौं ।पछिल्लो २४ घण्टामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८४ जनाको परीक्षणमा ११९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९५५ जनाको पीसीआर परीक्षण गर्दा ८९ जना र २ हजार १२९ जनाको एन्टिजेन परीक्षण गर्दा ३० जनामा संक्रमण देखिएको छ । यो सँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार १९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३० जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये २ हजार ११९ जना होम आइसोलेसनमा रहेका छन् भने ७२ जना संस्थागत आइसोलेसन र १९ जना आईसीयूमा छन् ।

यस्तै १ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । बुधबार थपिए सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५० हजार ६७३पुगेको छ ।

footer