kumari
stcnepal

एकै दिन डेंगुका १ हजार २३० बिरामी थपिए

काठमाडौं । नेपालमा एकै दिन डेंगुका १ हजार २३० बिरामी थपिएका छन् । बुधबार थपिए सँगै कुल संक्रमितको संख्या ११ हजार ६५ पुगेको छ । मंगलबारसम्म नौ हजार ८३५ जना संक्रमित थिए । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) अनुसार देशको ७५ जिल्लामा फैलिएको डेंगु संक्रमण झन् भयावह रुपमा वृद्धि भइरहेको छ ।

सबैभन्दा बढी संक्रमण बागमती प्रदेशमा देखिएको इडीसीडीले जनाएको छ । बुधबारसम्म बागमतीमा आठ हजार ३९० जनामा डेंगु पुष्टि भएको छ । त्यस्तै, लुम्बिनीमा एक हजार ४२१, प्रदेश १ मा ३४७ र सुदूरपश्चिममा ३२३ जनामा डेंगु देखिएको छ ।

त्यस्तै, गण्डकीमा २२४, मधेशमा १९८ र कर्णालीमा १६२ जनामा डेंगुको संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार साउनयता डेंगु संक्रमण बाट ९ जनाको निधन भइसकेको छ । संक्रमण बढ्दै गएकाले सरकारले डेंगुको सेरोटाइपिङको अनुसन्धान गरिरहेको जनाएको छ ।

footer