kumari
stcnepal

प्रेस काउन्सिल नेपालले पत्रकारहरूको लागि नि:शुल्क स्वास्थ्य शिबिर असोज २ गते सञ्चालन गर्ने

काठमाडौं ।प्रेस काउन्सिल नेपालले पत्रकारहरूका लागि निःशुल्क बृहत् स्वास्थ्य शिविर गर्ने भएको छ । ५३औँ वार्षिकोत्सवको अवसर पारेर असोज २ गते सञ्चारग्राम स्थित काउन्सिलको प्रांगणमा शिविर सञ्चालन गर्न लागेको हो। बिहान ९:३० देखि अपराह्न ४ बजे सम्म शिविर सञ्चालन हुने वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

शिविरमा सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजको स्वास्थ्य विशेषज्ञको टोली बाट जनरल मेडिसिन, स्त्री रोग, शल्यक्रिया सर्जरी, हाडजोर्नी तथा नशा, छाला रोग, नाक, कान, घाँटी, आँखा रोग, दन्त रोग र बाल रोगको परीक्षण हुनेछ । साथै ल्याब, इसिजी, अल्ट्रासाउन्ड सहितको सेवा उपलब्ध हुनेछ ।

footer