kumari
stcnepal

डेंगु संक्रमण बाट एकै दिन २ जनाको निधन

काठमाडौं ।नेपालमा डेंगु संक्रमण बाट एकै दिन २ जनाको निधन भएको छ भने एकै दिन ५४० जनामा डेंगु संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार डेंगु संक्रमण बाट २ जनाको निधन भएको हो । यो सँगै साउन यता डेंगु बाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार साउनयता २८ हजार १०९ जनामा डेंगु संक्रमण भइसकेको छ । हाल मुस्ताङ बाहेक सबै जिल्ला देखिएको डेंगु संक्रमण बाट सबैभन्दा बढी काठमाडौं उपत्यकाका जिल्ला बढी प्रभावित छन् ।

मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ९७५, लुम्बिनीमा प्रदेशमा ३ हजार १२५, सुदूरपश्चिम प्रदेशमा ८५० जनामा डेंगु पुष्टि भएको छ ।
त्यसैगरी, गण्डकीमा ६ सय ७७, मधेश प्रदेशमा ४१३ र कर्णाली प्रदेशमा २३८ जनामा संक्रमण देखिएको छ ।

footer