kumari
stcnepal

डेंगीको कारण ४१ जनाले ज्यान गुमाए, संक्रमितको खंस्या ३१ हजार भन्दा बढी

काठमाडौं ।डेङ्गुका कारण साउनयता नेपालमा ४१ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हिजो बेलुका सम्मको तथ्यांक अनुसार अहिलेसम्म डेङ्गु भएर ४१ जनाको ज्यान गएको पुष्टि भएको छ । डेङ्गुका संक्रमितको संख्या ३१ हजार नाघेको छ ।

पानी परिरहेकाले डेङ्गु अझै फैलिन सक्ने जोखिम रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग निवारण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताए । बिहान बेलुका चिसो हुन थालेकाले डेङ्गुको संक्रमण केही कम हुने आंकलन गरिए पनि पानी परिरहेकाले जोखिम उस्तै रहेको उनको भनाइ छ ।

डेङ्गु बाट जोगिने एक मात्रै उपाय भनेको लामखुट्टेको टोकाइ बाट नै जोगिनु हो । घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न, पूरा बाउला भएका कपडा लगाउन र एक हप्ता भन्दा लामो समयसम्म बाल्टी लगायत भाँडोमा पानी जम्मा गरेर नराख्न चिकित्सकको सुझाव छ ।

footer