kumari
stcnepal

हिजो थपिए कोरोनाका १० जना संक्रमित

काठमाडौं ।देशभर थप १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ९ सय ८७ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधि बाट १० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा ७६ जना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ७३२ पुगेको छ । यस्तै थप ९ हजार ५११ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । नेपालमा कोरोना महामारीमा १२ हजार १८ जनाले ज्यान गुमाएका छन् ।

footer