kumari
stcnepal

आज थपिए ५२ जना कोरोनाका संक्रमित

काठमाडौं ।देशभर थप ५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ७६३ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधि बाट ४५ तथा एन्टिजेन विधि बाट ७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ जना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर ६६७ पुगेको छ । यता ३० हजार ८७६ जनाले कोरोना विरुद्धको खोप पनि लगाएका छन् । नेपालमा कोरोना महामारीमा १२ हजार १८ जनाको निधन भएको छ ।

footer