kumari
stcnepal

आज १७ सय भन्दा बढी डेंगुका बिरामीहरु थपिए, १ जनाको निधन, आज सम्ममा डेंगुका कारण ४९ जनाको निधन

काठमाडौं ।देशभर १ हजार ७१४ जना डेंगु रोगी थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ४१ हजार ७४३ जना सम्भावित डेंगु रोगी देखिएको विवरण प्राप्त भएको हो ।

त्यस्तै, थप १ जना डेंगु रोगीको निधन पनि  भएको छ । यो सँगै हालसम्म निधन हुनेको सङ्ख्या ४९ पुगेको छ । गत साउन देखि सुरु भएको डेंगु रोगको प्रकोप ७७ वटै जिल्लामा फैलिसकेको छ ।

footer