kumari
stcnepal

आज थपिए कोरोनाका ४६ जना संक्रमित

काठमाडौं ।देशभर थप ४६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ५१० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधि बाट ४२ तथा एन्टीजेन विधि बाट ४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप १७ जना सङ्क्रमणमुक्त बनेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । यो सँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७ सय ३६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७० हजार ९९४ जनाले कोरोना विरुद्धको खोप पनि लगाएका छन् ।

footer