kumari
stcnepal

३ राष्ट्रिय किर्तीमान सहित तारादेवीले जितिन भारोतोलनमा स्वणिर्म पदक

पोखरा ।तीन राष्ट्रिय कीर्तिमान सहित तारादेवी पुनले नवौं राष्ट्रिय खेलकुदको भाराेत्ताेलनमा स्वर्ण पदक जितेकी छिन् ।

पोखरा उद्योग वाणिज्य संघको हलमा जारी प्रतियोगिताको तेस्रो दिन महिला ८१ केजी तौल समूहमा ताराले स्न्याच, क्लिन एण्ड जर्क र कुलमा तीन वटा राष्ट्रिय कीर्तिमान बनाइन् । उनले स्न्याचमा ७० केजी र क्लिन एण्ड जर्कमा १०२ गरी कुल १७२ केजी भार वहन गरिन् ।

यो स्पर्धामा यसअघि लक्ष्मी बमको नाममा राष्ट्रिय कीर्तिमान थियो । उनले १३औं दक्षिण एसियाली खेलकुद सागमा लक्ष्मीले स्न्याचमा ६९, क्लिन एण्ड जर्कमा ८७ गरी कुल १५६ केजी भार वहन गरी राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । महिला ८१ केजी तौल समूहमा एपीएफकी अञ्जली श्रेष्ठले स्न्याचमा ५३ र क्लिन एण्ड जर्कमा ६९ गरी कुल १२१ केजी भार वहन गरी रजत जितिन् ।

सुदूरपश्चिमकी चम्पाकुमारी ठकुल्ला ले कांस्य जितिन् । उनले स्न्याचमा ४० र क्लिन एण्ड जर्कमा ६० गरी कुल १०० केजी भार वहन गरिन् ।

footer