kumari
stcnepal

२४ घण्टामा थपिए ५३ जना कोरोनाका संक्रमित

काठमाडौं ।नेपालमा देशभर सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ७ सय २७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५३ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।

१ हजार ५७१ जनाको नमुना परीक्षण गर्दा पीसीआर बाट ५० तथा एन्टिजेन विधि बाट ३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको भनाई छ । यही अवधिमा थप ५१ जना निको पनि भएका छन् । १५ हजार ३५९ जनाले कोरोना विरुद्धको खोप पनि लगाएका छन् ।

footer