kumari
stcnepal

चिनीया कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यमा पनि परेनन् प्रधानमन्त्री लि

एजेन्सी । चिनियाँ कम्युनिष्ट पार्टीको २० औं राष्ट्रिय अधिवेशन शनिबार सकिएको छ। अधिवेशनको समापनसँगै सी चिनफिङले ऐतिहासिक तेस्रो कार्यकाल सुरू गरेका छन्। तेस्रो कार्यकालका लागि चिनफिङले केन्द्रीय कमिटी, पोलिटब्युरो र पोलिटब्युरो स्थायी कमिटीमा व्यापक फेरबदल गरेका छन्।

२० औं अधिवेशनले गरेका निर्णयबारे आइतबार औपचारिक जानकारी दिइनेछ। सरकारी सञ्चारमाध्यम सिन्ह्वाले शनिबार नै चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ केन्द्रीय कमिटी सदस्यहरूको सूची सार्वजनिक गरेको छ। उक्त सूचीमा प्रधानमन्त्री ली खछ्याङको नाम छैन।

साउथ चाइना मर्निङ पोष्टका अनुसार यसको अर्थ एक दशक देखि प्रधानमन्त्री रहेका खछ्याङ अब राजनीति बाट अवकाश हुने भएका छन्। उनी सँगै अर्का पोलिटब्युरो स्थायी कमिटी सदस्य वाङ याङ पनि अवकाश हुने भएका छन्।

चिनियाँ कम्युनिष्ट पार्टीमा ६८ वर्ष पुगेपछि अवकाश पाउने नियम छ। उनीहरू दुबै जना ६७ वर्षका थिए। चिनियाँ जनकंग्रेसका सभामुख ली झान्सु र उपप्रधानमन्त्री हान झेङ पनि उमेरका कारण अवकाशमा जाने भएका छन्।

footer