kumari
stcnepal

बेलायतमा त्रृषी प्रधानमन्त्रीको दौडमा अगाडी

काठमाडौं ।बेलायतको कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनकले पुनः प्रधानमन्त्रीको दौडमा रहेको घोषणा गरेका छन् । उनले औपचारिक रूपमा आफू निवर्तमान प्रधानमन्त्री लिज ट्रसको उत्तराधिकारी बन्न खोजेको सार्वजनिक गरेका छन् ।

बेलायत राजनीतिक तथा आर्थिक संकट बाट गुज्रिरहेको बेलामा उनले हालै राजीनामा दिएकी प्रधानमन्त्री ट्रसको उत्तराधिकारी घोषणा गरेका हुन् । ट्रसले गत बिहीबार अकस्मात राजीनामा दिएपछि ऋषि अघि सरेका हुन् ।

डेढ महिनाअघि लिज र सुनकबीच कन्जरभेटिभ पार्टीको नेतामा प्रतिस्पर्धा भएको थियो । उक्त दौडमा सुनक पराजय भएका हुन् । हिजे प्रधानमन्त्री बन्ने घोषणा गर्दै सुनकले ट्वीट गरेका छन्, ‘बेलायत एक महान देश हो तर हामीले गहिरो आर्थिक संकटको सामना गरिरहेका छौं ।’

सुनक पूर्वअर्थमन्त्री पनि हुन् । उनले आफ्नो उम्मेदवारी पुष्टि गर्दै मुलुकको अर्थतन्त्रलाई ठीक ठाउँमा ल्याउने, पार्टीलाई एकताबद्ध गर्ने र मुलुकको निम्ति काम गर्न तयार रहेको उल्लेख गरेका छन् ।

footer