हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११ नवलपुर बाट जुवा खेलिरहेका ३३ जना पक्राउ परेका छन् ।
नवलपुरको तल्लो तालमा कौडा खेलिरहेको समयमा गएराति पौने १२ बजे ३३ जनालाई फक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथ बाट ७३ हजार रुपैयाँ नगद रकम समेत बरामद गरेको छ ।
तिहारको बिदा भएकाले मुद्दा दर्ता गर्न बाँकी छ । पक्राउ परेकाको नाम भने प्रहरीले खुलाएको छैन ।