kumari
stcnepal

भारतले २०२३ अटोम्वर सम्म चिनी निर्यातमा लगायो प्रतिबन्ध

काठमाडौं ।भारतले सन् २०२३ अक्टुबर सम्मको लागि चिनीको निर्यातमा लगाएको प्रतिबन्ध लम्ब्याएको छ। भारतले यद्यपी चिनी निर्यातको कोटा बारे टुंग्याएको छैन। एक जुन बाट चिनीमा कोटा लगाएर निर्यातमा प्रतिबन्ध लगाएको थियो।

जुनमा लगाएको प्रतिबन्ध यही अक्टुबर ३१ सम्म कायम थियो। एक करोड टन चिनी मात्रै निर्यात गर्ने गरी प्रतिबन्ध लगाएको थियो। अब कति परिमाण सम्म निर्यात गर्न सकिने गरी कोटा लगाउने भन्ने विषयमा सम्भवतः आगामी सातामा निर्णय हुने अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

भारतको सुगर मिल्स एसोसिएसनले भने करिब ९० लाख टन चिनी निर्यात गर्न सकिने बताइरहेका छन्। इथानल उत्पादनको लागि करिब ४५ लाख टन चिनी छुट्याएपछि अबको सिजनमा करिब तीन करोड ६५ लाख टन चिनी उत्पादन हुने अनुमान गरिएको छ। यो गत वर्षको भन्दा दुई प्रतिशतले बढी उत्पादन हो।

footer